रुपन्देहीमा मंगलवार देखि सार्वजनिक सवारी साधनहरु सञ्चालन

0
363

रुपन्देही जिल्लामा मंगलवार देखि सार्वजनिक सवारी साधनहरु सञ्चालन हुने भएका छन् । जिल्ला कोभिड व्यवस्थापन समितीको बैठक पछि जिल्ला प्रशासन कार्यालयले यातायात सुचारुको व्यवस्था गर्न लागेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत एवं सूचना अधिकारी जनक थापाले बताए ।
सार्बजनिक सवारी साधनहरु रुपन्देही जिल्ला भित्रै जोर बिजोर प्रणालीका आधारमा चल्नेछन् । सार्बजनिक यातायात सञ्चालनका लागी तय गरीएको मापदण्डहरुमा कोरोना भाइरसको संक्रमण र जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाई यातायात संचालन गर्ने,बसको सिट क्षमता भन्दा आधा यात्रु राख्ने, बसलाई सेनीटाईज गरेर मात्र सञ्चालनमा ल्याउने, बसमा चालक, सहचालक मात्र नभई यात्रुहरुले अनिबार्य मास्क लगाउनु पर्ने लगायत रहेका छन् ।
त्यसै गरी अझै कोरोना भाइरस जोखिम कायमै रहेकाले निषेधाज्ञाको समय केहि परिमार्जन गरी थप्ने र अन्य कुराहरु यथाबतनै हुने गरी तयारी भएको सूचना अधिकारी थापाले बताए । दिउसो बजारहरु ११ बजे देखि ४ बजे सम्म सञ्चालन हुदै आएकामा अब ११ बजे देखि बेलुका ६ बजे सम्म खुल्ने व्यवस्था स्थानिय प्रशासनले गर्न लागेको हो ।
होटल तथा रेष्टुरेन्टको हकमा भने हाललाई कुनै पनि निर्णय नभएको हुदा क्वारेन्टाईका रुपमा प्रयोग भएका होटल बाहेक अन्य होटल एवं रेष्टुराहरु सञ्चान गर्न नपाईने थापाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here