भैरहवामा राेट्र्याक्ट क्लव द्वारा रक्तदान कार्यक्रम

0
129

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ र यसका कारण नेपालमा जारी लकडाउनका बीच  पनि रगतको अभाव हुन नदिन राेट्र्याक्ट क्लव अफ लुम्विनी बुद्धकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कोभिड–१९ को  सङ्क्रमणको त्रास र लकडाउनका कारण रुपन्देहीका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न भैरहवामा शनिवार रक्तदान गरिएको हो। सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रक्तदाता समाज ओमसतियाको सहकार्यमा  क्लबले रक्तदान  कार्यक्रम गरेको हाे ।

सिद्धार्थनगर नगरपालिका वडा नं ८ स्थित हाेटल पिस नाइट एण्ड रेष्टुरेन्टमा आयोजित कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् ।

लकडाउनको अवस्था र कोरोना सक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्दै रक्तदान गरिएको जानकारी क्लवका अध्यक्ष कपिल चापागाईंले दिए ।

कार्यक्रममा राेटरी क्लव अफ लुम्बिनी सिद्धार्थनगरकाे अध्यक्ष प्रकाश पाेखरेल, सचिव लक्ष्मी पाठक, अध्यक्ष मनाेनित भाेज बहादुर खत्री, जेडआरआर मनाेनित बाबुराम खनाल, राेट्र्याक्ट क्लव अफ भैरहवाका अध्यक्ष मनाेनित लक्ष्मण रेग्मी, नेपाल रक्तदाता समाज ओमसतियाका अध्यक्ष गिरिजा शाही ठकुरी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रम क्लवका कम्युनिटी सर्भिस डाइरेक्टर सुमित सारस्वत र फाइनान्स डाइरेक्टर बिमल गाैतमकाे संयाेजकत्वमा भएको हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here