कटारी-ओखलढुंगा-कटारी पैदलयात्रा

0
221

परासीमा खेतीपाती गर्दागर्दै ओखलढुंगा सरूवा भएको प्रसँग अगिल्लाे अँकमा उल्लेख गरेँ।मेरो सरूवामा लेखिएको थियो “तपाईंलाई अर्को अादेश नभएसम्मकाे लागि काजभत्ता नपाउने गरि दरबन्दी रहेको कार्यालय(जिल्ला प्रशासन कार्यालय नवलपरासी)बाटै तलबभत्ता खाने गरि जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा काजसरूवा गरिएको छ”।मैले सकेसम्म धानस्याहार्दासम्म,त्यो नभए तिहार,त्यो पनि नभए दशैँपछि हाजिर हुन मिल्ने गरि रमाना-पत्र पाउनकाे लागि प्रजिअलाई अनुरोध गरेँ,प्रजिअबाट अादेश “अनभाईसकेकि छाेरीलाई जसरी घरभित्र राख्न मिल्दैन तेस्तै गरि गृह मन्त्रालयकाे आादेश आाईसकेपछि तपाईंलाई यश कार्यालयमा राख्न मिल्दैन” भन्ने आादेश भयो। मैले तत्कालीन पार्टी र सँगठन नेतृत्वसँग पनि अनुरोध गरेँ,तेताबाटपनि ” जाअा ” “बिचरा” भन्ने शब्द बाहेक अन्य केही साहारा पाईएन।रमानापत्र बुझेँ र घरतर्फ गएँ।दशैँकाे बिदा सकिएको भाेलीपल्ट हाजिर हुनजानेगरि गजबले घरमै बसेँ।दशैकाे भाेलीपल्ट तानेसेनबाट साझाबस चढेर काठमाडौ गएँ प्लेन चढेर जान भनेर। अर्कोदिन दिनभर बुझ्दा त थाहा लाग्यो कि म असाैज २५ मा हाजिर हुनुपर्ने थियो, टिकट कार्तिक ५ गते यताको पाईएन।साँझकाे काकडभिट्टा जाने रात्रिबसबाट मिर्चैयासम्म जानेगरि बाटो लागेँ।रातिको २ बजेतिर मिर्चैयामा झारिदियाे। चाेककाे उत्तरपट्टि कटारी/कटारी भनेर अाबाज आएतर्फ गएँ,बालुवा बाेक्ने ट्रक रहेछ,तेसैमा चढेर बालुवा माथि नै बसियाे। मानिसले भरिभराउ भएपछि हिड्याे,बिहान ४ बजेतिर कटारीबजार पुर्याईदियाे। अलिबेर यताउता गरिरहेँ,साथी खाेजेँ,तेतातर्फ दशैकै चहलपहल थियो,हामीकहाँ पाे दशैँकाे दिनमात्रै टीका लगाउने चलन छ र तेता त काेजाग्रत पुर्णिामासम्म टीका लगाउने चलन रहेछ।अलि उज्यालो भएपछि एकजना साथी भेट्टाएँ ओखलढुंगा जाने,काभ्रे पनाैती घरभएका ओखलढुंगा ब्यारेकमा काम गर्ने।म प्लेनमा जानेभनेर सुटेट्बुटेट् बनेर सुट्केस बाेकेर गएको थिएँ। परिचय गर्ने बित्तिकै ती साथीले मलाई भने “यत्तिकैमा तपाई ओखलढुंगा जानसक्नुहुन्न,जुत्ता खाेल्नुस्,चप्पल नभए किन्नुस्,हाफपैन्ट वा लुँगी लाउनुस्,सुट्केसलाई पछाडि बाेक्नमिल्ने बनाउनुस् अनि बल्ल हिड्ने”। म उनले भनेअनुसार लुँगी लाएँ,जुत्ता,पाईन्ट काढेर सुट्केसमा राखेँ,तन्नाले सुटकेस बाेक्ने बनाएँ र ती साथीकाे पछि लागेँ।ताबाखाेलाकाे घरिवारि घरिपारि गर्दै ८ बजे फेदीमा पुगियो,ती साथीले ल भन्नुस् सर भन्दै भने “अब १ बजे वल्तिर खानाखाने ठाउँ पाईदैन,यहाँ तयारी खानापाए खाउँ”मैलेनि हुन्छ भनी साेधखाेज गरि तयारी खाना पाईयाे र खाईयाे।तेसपछि उकालो बाटो,खच्चडघाेडा,भारीबाेक्नुभएका दाजुभाइदिदीबहिनीहरूलाई बाटो छाेडिदिँदै हिडियाे।बादुराखाेलाकाे वारिपारि हुदै,ठाउँठाउँमा चियानास्ता खाँदै सुनकाेशी नदि भेटाउन पुगियो।याे बर्ष बर्षा भईरहेकाेले डुङ्गा नचलेको रहेछ।हामी नदिकाे किनारै किनार घुर्मि पुगेर झाेलुङ्गेपुल तरि हर्कपुर,माझीगाउँ हुदै ककरूखाेलाकाे दाेभान नजिकै पुगेर बास बसियाे र अर्कोदिन हिडि समयमै ओखलढुंगाबजार पुगियो।त्यो दिन काेजाग्रत पुर्णिमा,पानी पनि परिरहेको थियो।ओखलढुंगा ब्यारेकका काेटमास्टर भन्नेले बजारमै चियानास्ताकाे दुकान गर्दारहेछन,दुकान उनकी श्रीमतीले हेर्दिरहिछन।कटारीबाट सँगसँगै गएका साथीले त्यो दुकानमा “सर अाज यहीँ बस्नुहुन्छ,भाेली जिल्ला प्रशासन कार्यालयमा जागिर खान जानुहुन्छ” भन्दिएर मसँग बिदाभई गए।म तेहि दाेकानमा खाना खाएपछि दाेकानवालीले घरबेटीलाई मलाई सुत्ने ब्यबस्था मिलाईदिन अनुरोध गरिन र म पछाडिबाट भरेँङ चढेर माथि घरबेटीकहाँ गएँ। कुरा बुझ्दा त त्यो घरमा एमालेको पार्टी अफिस रहेछ।मलाई त गेस्टरूपमै पाे सुत्ने ब्यबस्था मिलाईदिए।अर्को दिन अर्थात मिती २०४९/०६/२५मा घरबेटीकहाँ नै खाना खाएर कार्यालय हाजिर हुन गएँ,रामेस्वर देबकाेटा प्रजिअ हुनुहुदाेरहेछ,मलाई त साह्रै मायाँ पाे गर्नुभयो।”ओखलढुंगा कै नेपाल घरपायक मिलाएर अाएकाे हाेला भन्ने ठानेको थिएँ ” भन्नुभयो। एकदुईदिनपछि बाेलाएर “उहाँबाट एमाले भनेर खेदिएर अाउने,फेरि यहाँपनि एमाले कै अफिसमा बस्ने,यही अफिसमा पालेकेटाहरूसँग बस्नुस् ” भन्नुभयो।ओखलढुंगा कर्मचारी अान्दोलनमा मारिएका मनाेज जाेशीले पढेको हुनाले उनी माँरिदा धेरै दिन बन्द भएको रहेछ,बिध्यार्थिसमेत भएर। असाैज २५ देखि १३ दिन हाजिरी भएँ। पाल्पाबाट ” एमाले गाबिस सचिव” भनेर खेदिएर ओखलढुंगा पुगेका गाेबिन्द कुवँरसँग तहि भेट भयो।तिहारकाे छुट्टिहुनेदिन भन्दा अगिल्लाे दिन बिहानै गाेबिन्द कुवँर लगाएत दर्जनौं साथीहरूसँगसँगै मानेभञ्ज्याङकाे बाटो घर हिडियाे। म तिहारकाे अगिल्लाे दिन मात्रै घर आाईपुँगे।साेहिदिन राति छाेराकाे जन्म भयो। मैले जतिसुकै दुःखकस्ट पाएपनि गाैरव नै महसुस गरेको छु,तेसैले छाेराकाे नाम पनि “गाैरव ” राखेँ।

अाेखलढुँगा गएर हाजिर भै फर्किएपछि तथा जिबनसाथी हलुकाजिउकी भैसकेकाे अबस्थामा अब मेरो ध्यान तेतिदुख गरेर राेपेकाे धान कैले पाक्छ र काट्न पाईन्छ भनेर पर्खनु भयो।कार्तिककाे अन्तिम हप्ताबाट धान काट्ने,मुठाबाँध्ने,बाेक्ने,ठटाउने,अाेसाउने,बाेरामा भर्ने र मिलमा पुर्याउने काम मँसिरकाे दाेस्राेहप्तासम्ममा सकियो। तेसपछि सरूवाकाे लागि काठमाडौ गएँ।पछि नेपाल सरकारको सचिव बाट सेवानिबृत हुनुभएका तत्कालीन उपसचिव दय मेरा समादरणिय श्री प्रेमनिधि ज्ञवाली र श्री तिर्थराज शर्मा सँग अनुरोध गरेँ,उहाँहरूसँगसँगै गृह मन्त्रालय गएँ,उहाँहरूले “थाहा नपाउने गरि पाे राजनीति गर्नुपर्छ” भन्नुभयो।उहाँहरू कर्मचारी प्रशासनका एक कर्मचारीलाई लिएर कर्मचारी प्रशासन हेर्ने सहसचिवकहाँ पस्नु भयो मलाई बाहिर पिए काेठामा बस्न पठाएर। भित्रकाे कुरा सुन्दा ” यतिटाढा त पठाईदिनु भएन,निम्नस्तरकाे कर्मचारी काज फिर्ता गरिदिनु पर्याे हजुर”।सहसचिव “काज फिर्ता त हुनैसक्दैन,निर्देशन नै तेस्तो छ,बरू मान्छे बिग्रिए राँची,कर्मचारी बिग्रिए अर्घाखाँची भन्छन् त्यहाँको कारागारमा रिक्त पनि छ,हुदैन…? हजुरहरूअाईहाल्नुभयाे”।उहाँहरूले “हुन्छ त नि काज फिर्ता गरे मात्रै हुनेथियोे,निर्देशन नै तेस्तो छभनि” भनेर बिदा भै बाहिर अाउनुभयाे र मलाई भन्नुभयो ” कारागार अर्घाखाँची सरूवा हुन्छ,पत्र लिएर जानु” भनेर मसँग बिदा भै अाअाफ्नाे कार्यालयतर्फ जानुभयो। म पत्र कुरेर बसेँ,४ बज्नै लाग्दा पत्र पाएँ।मेरो नामको र जिल्ला प्रशासन कार्यालय ओखलढुंगाकाे दुई पत्र बुझेँ।तेसपछि म सिधै कलँकी गएँ।ऐले त सिधै कटारी बस जाँदाेरहेछ,म कटारी जानेँ रात्रीबसमा बसेँ,बिहान उज्यालो हुँदा पुर्यायाे,अनि तावाखाेला,बादुराखाेलाका वारिपारि हुँदै सुनकोसी पुगियो।यसपालि त डुँगा चल्ने रहेछ,धेरै घुम्दै घुर्मि-हर्कपुर जानपरेन।डुँगा तरिसुनकाेसी तरेर अलिपर पुगेर बासबसी अर्काेदिन (२०४९ पाैषकाे पहिलो हप्ता) कार्यालय समयमै जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा हाजिर हुन पुगेँ। बिदा मिलाएर स्विकृतीकाे लागि पेस गरेँ।पहिला जाँदा मलाई मायाँ गर्नुहुने प्रजिअ रामेस्वर देबकाेटासर २०४९ कार्तिक २१मा (सँसाेधित निजामती ऐन/नियम अनुसार)३० बर्षे प्राबधान अनुसार अबकास भएर जानुभएछ।प्रशासकीय अधिकृत सुन्दरराज अर्याल का.मु. प्रजिअ हुनुहुँदाेरहेछ।बिदा मिलाईसकेपछि उहाँसँग रमानाकाे कुरा गरेको त अनर्थ पाे लाईदिनुभयाे र भन्नुभयो ” तपाईंको दरबन्दी पाे नवलपरासी बाट अर्घाखाँची सर्याे त,हामीलाई काज फिर्ता गर त भनेको छैन,तेसैले तपाईंलाई रमाना दिन मिल्दैन।तपाईंले उक्त ब्यहारा खाेली निबेदन दिनुस्,म अाबाबाटै जवाफ पाउन अनुरोध गरि गृह मन्त्रालयमा अाबा पठाईदिन्छु” भनेर लट्काईदिनुभयाे।उहाँकै चल्ने भयो केरे तेसैअनुसार गरि अाबा पठाईयाे। ओेखलढुँगातिर घुम्ने ठाउँ धेरै थिए,बिहानै हिड्ने हाे भनी भात खान साेलुकाे सदरमुकाम सल्लेरी पुगिन्छ भन्थे। ओखलढुंगा न मेरो बा जानुभएको थियो,न त म तेस अघि गएको थिएँ,न त तेसपछि नै गएको/जान पाएकाे छु। एकपटककाे त दैनिक भ्रमण भत्ता पनि त बुझेँ।तेसतर्फका रमणीय स्थलको मजा लुटेर अाउनुपर्नेथियो।अगिल्लाेपटक हाजिर हुन जाँदा तेतिदुख गरेर गरेको खेती तथा दुईजिउभएकी जिबनसाथीकाे स्मरणले नै मलाई दायाँबायाँ घुम्ने जाँगर नै चलेन।यसपटक पनि मलाई घुम्नेओर्ने जाँगर चलेन।पहाडकाे ठाउँमा पनि हाटबजार लाग्ने नाैलाै चलन देखैँ मैले ओखलढुंगामा,तर हिड्न पर्ने दुख सम्झेर केही चिनाे हुने किनकान गरिन मैले। गृह मन्त्रालयबाट अाबा नआएसम्म मेरो काम भनेको (कार्यालय समय बाहेक) दुरसँचारकार्यालय मै बस्ने भयो।यस्तै क्रममा एकदिन कार्यालय समयपछि दुरसँचार कार्यालय सदाझैँ गएर बसेकाे त अाबा अायाे तेसमा लेखिएको थियो,” निजको अर्घाखाँची कारागारमा सरूवा भैसकेको ले तु रमाना दिनु”। अाबा लिएर छिटोभन्दा छिटो कार्यालय पुगेँ,लेखा/प्रशासनका सरहरूलाई भेटेर आजै रमाना/हिसाब तयार गरिदिन अनुरोध गरेँ,सरहरूले तयार गरिदिनु भयो।दस्तखत गराउन कामु प्रजिअकाे निबासमा गएँ,उहाँलाई रमाना नदिनु भनेर आाउँछ भन्ने रहेछ,त्यो साँझ तहि खाना खान अनुरोध गर्नुभयो। पाल्पाली गित गाउन सिपालु हुन्छन् भनेर गित गाउन पठाउनु भयो,मैले पनि तेतिबेला हाम्राेतिर चर्चामा रहेको “अार्यभन्ज्याङ घुम्तीमा लेट भयो,बल्ल भेट भयो भन्ने” भन्ने बाेलकाे गित गाईदिएँ,जानिनजानि।सरहरूसँग साँझ नै बिदा भएँ। बिहान ४ बजे नै उठेर” बाईबाई “ओखलढुंगा भन्दै हिडेर एकैदिनमा कटारी आाईपुगेँ।अरू तिनपटक दुईदिन नै लागेको थियो।सिधै अर्घाखाँचीकाे लागि रमाना लिएपनि हुनेमा मलाई एकपटक जिल्ला प्रशासन कार्यालय नवलपरासीमा हाजिरी हुने ईच्छा रहेकोले सिधै परासी गई दुईचारदिन घुमघाम गरि हाजिर भै २० दिनजति बसि त्यहाँबाट रमाना लिएर २०४९ काे माघकाे तेस्रो हप्तामा अर्घाखाँची कारागारमा हाजिरी हुन गएँ।

http://www.linkbhw.com/category/shobhakanta/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here