परासीमा खेतीपाती

0
131

२०४८ काे कर्मचारी अान्दोलनपछि करिब ७ महिना(निलम्बित अबधि)घरमा बसेर कार्यालय हाजिरी हुन आईयाे। घरमा मेरो तेहि निम्नस्तरकाे जागिरबाट अाउनेबाहेक कुनै अाम्दानीकाे बाटो थिएन।घरमा बस्दा वा कार्यालयमा हाजिर हुन अाईसकेपछि अाफन्तजनबाट”अब पार्टी/साटीमा नलाग,लागेपनि अलि अलि मात्रै लाग्नुनि,पार्टीले केही दिने हाेईन क्यारे”अादि /ईत्यादि धेरै नै कथाब्यथा सुन्नुपरेपछि मलाई पनि ध्यान अनेत्र माेडेर जतिबेला पनि पार्टी अफिस/पार्टीकै काममा तल्लीन नभएर अन्य काम गर्नुपर्ने निस्चय गरेँ। म परासी गएको(२०४३)बेलातिर दाजुरामचन्द्र गाैतमले खेतीपाती गरेर राम्रोसँग केटाकेटी पालेको देखेको थिएँ। मैले पनि २०४९ असारमा खेत राेप्ने निर्णय लिएँ।परासी,पाेखरापालीदेखि पश्चिम रक्साहा भन्ने माैजामा एक बिगाहा तिनकठ्ठाकाे पलट अधिँया खेती गर्ने ब्यबस्था मिलाएँ। समयमै ब्याड राखेँ,घर(पहाड)काे खेत अधिँया लगाईदिएँ।स्कुलको छुट्टीपछि भाइ शिव,बहिनी मधुलाई पनि लिएर अाएँ,श्रीमती अलि पहिले ब्याड राख्नेबेलाबाट नै सँगसँगै थिईन।खेतको बाँझो जाेत्न कुनुवारका श्री हरिलाल श्रेष्ठज्युसँग अनुरोध गरेँ कि “तेल म राख्छु,टेक्टर दिनुपर्याे” एक अाखर मै उहाँले टेक्टर दिनुभयो,म उहाँप्रति सधैंभरि अाभारी छु/रहने छु। म र भाइ बिहानै उठेर खेतमा जान्थ्याैँ,पहाड कै काेदाली ल्याई छेउकुना खनेर अाली लाएर राख्यौं।बहिनी र श्रीमतीले खाना पकाएर अाफुहरूले खाएर,मलाई राखि भाइलाई खानालिएर खेतमा जान्थे,म सबै ब्यबस्था मिलाई काेठामा गई नुवाईधुवाई गरि खाना खाएर अफिस जान्थे,दिनभरि अफिसमा काम गरि छुट्टीपछि फेरि खेतमा जाने गर्दथेँ। राेपाँई सकिएपछि भाइ र बहिनीलाई घर लगेर छाेडिदिएँ। गाेड्ने र मल छर्ने श्रीमती र म भए र गर्याै। यसरी बेस्त रहँदा पार्टी अफिसमा जाने अादि/ईत्यादिमा कमि भएको थियोे। तर मेरो भाग्यमा भाबिले लेखेको भएर हाे कि….? (जुन कुरामा मलाई बिस्वाश लागदैन) परिस्थितिले दास बनाए र हाे…? म त्यसरी खेततिर गएको पत्याएनन्,”हाेईन कहाँ खेती गर्नु,शाेभाकान्त त सँगठन गर्न पाे गाँउतिर जान्छ”भन्दापाेरहेछन र मेरो सरूवा जिल्ला प्रशासन कार्यालय ओखलढुंगा गरिदएछन। धान स्याहार्दाजेल त्यो नभए तिहारसम्म त्यो पनि नभए दशै मानेर रमानालिने ब्यबस्थाकाे लागि अनुरोध गर्दा नि भएन,दशै अगाडि नै ओखलढुंगा हाजिर हुन जानपर्ने गरि रमाना-पत्र थमाईयाे।परिस्थितिकाे दास भएपछि अाखिर जे जस्तो पनि सहन,ब्यहाेर्न पर्दाेरहेछ।रमाना लिएपछि खेत अरूलाई नै हेर्नपठाई,घर आएँ। ओखलढुंगा हाजिर हुन गएँ,र फर्के पनि।मँसिरमा भाइ र म भएर धान स्याहार्न गयाै। हाम्रोभागमा २७ मुरी पर्याे,सबै पाेखरापाली मिलमा बेचिदिएँ।घरमा अाबस्यक पर्ने जति किनेर लगिदिएँ।बाँकी पैसाले तत्कालीन अबस्थामा मेराे भएको रिँण तिर्न पुग्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here