कर्मचारीका हजारौं समस्या समाधान गरिँदाका अबिस्मरणिय एक

0
193

नेपाल राष्ट्रिय कर्मचारी महासँघ अबध(नवलपरासी,रूपन्देही,कपिलवस्तु)काे सँयाेजककाे भुमिकामा क्रियासिल थिएँ। साल्ट टे्डिङ कर्पोरेसन लि.भैरहवा का हाम्रो सँगठनका साथीहरूले रूपन्देहीकाे रामापुरकाेलाेनीमा नुन अनलाेड गरिरहेकाे अबस्थामा ट्रक र सवारीचालकलाई नियन्त्रणमा लिई लिएर अाई जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा बुझाएछन। हाम्रा साथीहरूमा “रामराज्य नै कायम हुन्छ,कुनै अनियमितता,अन्याय हुदैँन,तेस्तो भेटाएमा वा देखिएमा ठाडै बिराेध गर्नुपर्छ “भन्ने भावना थियोे तेतिबेला।त्यो ट्रक समातेर प्रशासनमा बुझाएको थाहा पाउने बित्तिकै महाँप्रबन्धकले नै सहि गरि १८ बुँदे स्पष्टीकरण साेधेकाे पत्र पाएछन् हाम्रा त्याहाँका अध्यक्षले।त्यो स्पष्टीकरण-पत्र प्राप्त भएपछि मात्र ती साथीहरू मलाई जानकारी गराउन अाए।हुने के रहेछ भने “साल्ट टे्डिङमा नुन ढुवानी गर्दा ढुवानीभाडा अनुदान रहेछ,भैरहवाको कार्यालयले नुन चलानी गरेको,काठमाडौकाे कार्यालयले बुझेको र काठमाडौं कै कुनै ब्यापारीले बुझेको प्रमाण बनाई तेतिबेला करिब २८/३० हजार एकट्ककाे हिसाबले अनिमितता गरिँदाेरहेछ,साे कुराकाे सुँईकाे पाएर काठमाडौ जान चलान भएको ट्रकको पिछा गरि उक्त ट्रक समातेका रहेछन्।राम्रो बहादुरी काम गरेम भनेर साह्रै खुशी पनि भएछन् साथीहरू,जब स्पष्टीकरण-पत्र पाएपछि साताे गएछर बल्ल गुहार माग्न मकहाँ अाएका”रहेछन।मैले यसाे बुझेको त यश केसमा महाँप्रबन्धक समेत सँलग्न रहेको,पाेल खुलेको रिसमा हाम्रो ती ट्रक समात्ने अध्यक्षकाे जागिर खाईदिन लागेको जानकारी पाएँ।अनि ” अनियमितताकाे अासँकामा नेपाल राष्ट्रिय कर्मचारी महाँसँघ अबधका सँयाेजककाे नेतृत्वमा उक्त ट्रकको पिछा गरि काठमाडौलाई चलान भएको नुन रामापुर काेलाेनीमा अनलाेड गरिरहेको अबस्थामा समातेर अाबस्यक कार्बाहीकाे लागि जिल्ला प्रशासनलाई बुझाईएकाे”भन्ने ब्यहाेराकाे बक्तब्य जारी गरेँ।तेतिबेलाका सबैजसाे पत्रपत्रिकामा समाचार अाए।जिल्ला प्रशासनमा बुझ्दा ट्रकका चालक र स्टाेर किपर प्रत्यबादी बनाई कालाबजारी सम्बन्धि मुद्दा चलेको,चालक मात्रै हिरासतमा स्टाेरवाला फरार रहेछ।हाम्रो लागि प्रशासनकाे मुद्दा भन्दा तहाँकाे अध्यक्षकाे जागिर महत्त्वपूर्णभए र अायाे,उनलाई लिएर काठमाडौ गएँ।नेपाल राष्ट्रिय कर्मचारी महासँघका तत्कालीन महासचिव ठाकुर देबकाेटा सरले राम्रो समन्वय गर्नुभयो।अापुर्तीमन्त्रालयबाट साल्ट टे्डिङमा जाने शहसचिबकहाँ र महाँप्रबन्धककहा डेलिगेसन गईयाे।दुबैकहाँ मैले भने “कार्बाही गर्ने भए मलाई गर्नुस् ,ट्रक समातेको मेरो नेतृत्वमा हाे,तिनिहरूलाई किन कार्बाही”।तेसरी मेरो नेतृत्वमा हाे भनेर म अगाडि सरेपछि ती साथीकाे कार्बाही राेकियाे।स्टाेरवालालाई साल्ट टे्डिङले नै निलम्बन गर्याे,तेसले खुबै लाेभ देखाएर मलाई फाेन गर्ने,मानिस पठाए र दबाब दिने गरिरहन्थ्याे।अन्य धेरै प्रसँगहरू बिर्सिएर पनि याे प्रसँग मेरा लागि अबिस्मरणिय छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here