गौतमबुद्ध मिडिया प्रा.लि.को प्रमुखमा भट्टराई

0
69
विष्णु प्रसाद भट्टराई

भैरहवा, २१ माघ । गौतमबुद्ध मिडिया प्रा.लि.द्धारा प्रकाशित गौतमबुद्ध सन्देश दैनिक र रेडियो रिपब्लिकको कार्यालय प्रमुखमा पत्रकार विष्णु प्रसाद भट्टराई नियुक्त भएका छन् । 

मिडिया प्रा.लि. को संचालक समितिको बैठकले मिडिया प्रा.लि.का शेयर सदस्य समेत रहेका भट्टराईलाई कार्यालय प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । यस अघि पत्रिकामा व्यवस्थापनको जिम्मेवारी सम्हालिसकेका भट्टराई लुम्बिनी प्रेस क्लबका कार्यसमिति सदस्य समेत हुन् । 

मिडिया प्रा.लि.का प्रमुख गुनाराम घिमिरेले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि सो पद रिक्त रहेको थियो । त्यस्तै मिडिया प्रा.लि.को सदस्य–सचिवमा रामचन्द्र रेग्मी नियुक्त भएका छन् । मिडिया प्रा.लि.का सञ्चालक समेत रहेका रेग्मीलाई सदस्य–सचिवमा नियुक्त गरिएको अध्यक्ष खिम बहादुर खत्रीले बताए ।

भैरहवाबाट साप्ताहिक पत्रिका प्रकाशनबाट सुरु भएको गौतमबुद्ध मिडियाले विगत चार वर्षदेखि दैनिक पत्रिका प्रकाशन गर्दै आएको छ । विगत एक वर्ष देखि ८८.२ मेघाहर्जमा रेडियो समेत सञ्चालित छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here