आजदेखि तिहार पर्व सुरु

0
301

यस वर्षको तिहार पर्व आज (शुक्रबार) देखि सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने चाड यमपञ्चक आजदेखि सुरु भएको हो। शुक्रबार बेलुकी यमदीपदान हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको नेपालखबर अनलाइनले लेखेको छ।

आजै यमदीपदान सुरु भए पनि काग तिहार भने कात्तिक ९ गते शनिबार परेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो। यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि शनिबार परेको छ। तिथिको घटबढका कारण यस्तो भएको गौतम बताउनुहुन्छ।

कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिले जनाएको छ। बिहान ११ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँशी तिथि लाग्ने भएकाले शास्त्रसम्मत्रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here