तिलोत्तमा नगरपालिकाको स्कुटी जलाउने ४ युवक पक्राउ

0
630

बुटवल । केही दिनअघि प्रदेश राजधानीको विषयलाई लिएर विरोध प्रदर्शन गर्दै सरकारी स्कुटी जलाउने ४ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नियन्त्रणमा लिएर उनीहरुलाई अपराधिक उपद्रो गरेको अभियोग लगाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा बुटवल–११ बुद्धनगरका २५ वर्षीय भेषराज पोख्रेल, देवीनगर बस्ने ३५ वर्षका रोशन थापा, तिलोत्तमा नगरपालिका २ बस्ने २८ वर्षीय सन्दिप पाण्डेय र गुल्मीको मालिका गाउँपालिका–८ घर भई बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा पढ्ने ३० वर्षका सुरज क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ प २४७० नम्बरको स्कुटर जलाई अपराधिक उपद्रो गरेको अभियोगमा कारबाही अघि बढाइएको प्रहरीको भनाई छ । उनीहरुले गत असोज १६ गते बुटवल–११ देवीनगरको होराईजन चोकमा सरकारी स्कुटी जलाएका थिए । उनीहरुलाई अपराधिक उपद्रवको मुद्दा दर्ता गरी कानुनी दायरामा ल्याई अनुसान्धान सुरु गरिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवत्ता डिएसपी खड्गबहादुर खत्रीले बताए ।

यसैबीच, प्रहरीको स्कुटर रोकी धाकधम्की दिने अन्य २ जना युवालाई पनि प्रहरीले पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेहरुमा देवदह नगरपालिका–४ का वसन्त रेग्मी र सोही ठाउँका वसन्त खास रहेका छन् । रुपन्देहीको देवदह–५, खैरेनी कचहरा पुलमा वसन्त रेग्मी र भुवन खासुले डिउटीमा जाँदै गरेको प्रहरीको स्कुटर रोकी धाकधम्की समेत दिई जबरजस्ती लाईसेन्स बिलबुक माग्ने काम गरेको प्रहरीको आरोप छ । उनीहरुलाई सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here