बुटवल पाल्पा खण्ड ३ दिन ३ घण्टा बन्द रहने

0
525

बुटवल । सिद्धार्थ राजमार्ग आज २६ गते बाट ३ दिन सम्म प्रत्येक दिन ३ घण्टा बन्द गरिने भएको छ । राजमार्गको बर्तुङदेखि चिडियाखोलासम्मको राजमार्गका बिभिन्न स्थानमा खसेको पहिरो हटाई दुईतर्फि बाटो सुचारु बनाउन ३ दिन ३ घण्टा सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

केही साता पहिले अविरल वर्षासँगै झरेको पहिरोले राजमार्गको दर्जनौं ठाउँमा पहिरो गएका कारण प्रायजसो स्थानमा एकतर्फी मात्र सडक सञ्चालनमा रहेको छ। सडक दुईतर्फि सञ्चालनका लागि मर्मत गर्न थालिएको सडक कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा नै सिद्धार्थ राजमार्गका कतिपय ठाउँमा घुम्ती काटेर फराकिलो बनाउने काम जारी रहेका कारण यो वर्ष बढी पहिरो गएको हुन सक्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here