रुपन्देहीमा ४२ जना कोरोना संक्रमित थपिए, सबैभन्दा धेरै भैरहवाका

0
1124

बुटवल-रुपन्देहीमा बुधबार ४२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार २४ जना पुरुष र १८ जना महिला हुन्।
यो सँगै रुपन्देहीमा जम्मा संक्रमितको संख्या १३९० पुगेको छ भने सक्रिय संक्रमितको संख्या ७१८ पुगेको छ।

स्वास्थ्य कार्यालयका अनुसा बुटवलमा ७ जना, सिद्धार्थनगर भैरहवामा २४ जना, कोटहीमाइमा ५ जना, देवदहमा २ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जना, शुद्धोधन र मायादेवी गाउँपालिकामा १–१ जना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा बुधबारसम्म १४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले जानकारी दिए । उनका अनुसार ६५८ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here