लकडाउनको विकल्प खोज्न व्यवसायीको माग

0
442

विष्णु भट्टराई
भैरहवा, भदौ ८ ।

अहिले नेपालमा उद्योग, व्यापार, व्यवसायदेखि शैक्षिक संस्थाहरु सबै ठप्प छन् । कोरोना भाइरसका कारण विश्व नै आक्रान्त बनेको अवस्थामा नेपाल पनि अछुतो हुन सकेन । जसकारण नेपालमा पनि लकडाउनको स्थिति सिर्जना भएको हो । कोरोना भाइरसका कारण नेपालमा गत चैत ११ गते देखि पटक पटक रुपमा लकडाउन भएको छ । हाल पनि नेपाल लकडाउनको स्थितिमा छ । मानिसका लागि स्वास्थ्य नै ठूलो धन भएका कारण लकडाउनको पालना गर्नुको विकल्प अरु हुन सकेको छैन ।
रुपन्देहीको भैरहवामा पनि स्थानीय सरकारले भदौ १४ गते सम्म लकडाउनको आब्हान गरेको छ । करीब ५ महिना बजार बन्द रहदा देशको अर्थतन्त्र चलायमान हुन सकेको छैन । अर्थको प्रमुख स्रोत व्यवसाय र उद्योगहरु सञ्चालन हुन नसक्दा मानिसलाई अब के खाने ? भन्ने चिन्ताले सताउन थालेको छ ।
व्यवसायीका सटरहरु बन्द रहदा एकातिर लगानीको सुरक्षा चिन्ता छ भने अर्र्कोितर अब के गर्ने भन्ने चिन्ताले सताउने गरेको व्यवसायीहरु बताउछन् । भएका कर्मचारीलाई बेतलवी विदा दिएका अधिकांश व्यवसायीहरु व्यवसाय अब कहिले खुल्ला भन्ने आशामा बसेका छन् । बजारमा अत्यावश्यक सेवाका केही पसलहरु खुलेपनि उनीहरुलाई घरभेटीले भाडा माग्दा दिन नसक्ने अवस्था रहेको बताउछन् ।
लकडाउनका कारण व्यापार बन्द भएपछि हातमुख जोर्नै समस्या परेकोे व्यापारीहरु बताउछन् । लकडाउनभर पनि व्यापारीहरु पसलको भाडा कसरी तिर्ने भन्ने चिन्तामा परिरहेका छन् । व्यापार भएर कमाएको पैसा पनि लकडाउनको समयमा बसेर खादा सकिएको छ, व्यापारीहरु नै भोकै हुने अवस्थामा आइसकेको छ । यस्तो बेलामा पनि संघीय सरकार, प्रदेश सरकार वा स्थानीय सरकारले समस्या समाधानको लागि कुनै पहल नगरेको उनीहरु गुनासो गरेका छन ।
अब कहाँ जाने ? के गर्ने ? भनेर चिन्ता थपिएको छ, बैंकको ऋण, सरकारलाई कर, कर्मचारीलाई तलब र घरधनीलाई घरभाडाको नै सबै भन्दा ठूलो समस्या भएको व्यवसायीहरुको गुनासो छ ।
यसै विषयमा उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले सरकारले लकडाउनलाई साधनको रुपमा मात्र प्रयोग गरेको बताए । उनले सम्बन्धित निकायमा आफ्ना भनाइहरु राखेपनि उचित सुनुवाई नभएको बताउदै यसरी व्यवसायीहरुलाई साधनको रुपमा मात्र प्रयोग गरे व्यवसायीले आफ्नो व्यवसाय बन्द गर्नुपर्ने अवस्था आउने बताए ।
सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिव नेत्र प्रसाद आचार्यले लकडाउन गरेरै मात्र समस्याको समाधान नहुने बताउदै देशमा आर्थिक चलायमान ल्याउनका लागि उद्योग व्यवसाय सञ्चालनमा ल्याउनुपर्ने बताए । उनले सुरक्षा मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न आफुहरु तयार रहेको समेत बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here