कोरोनाले कसैलाई चिन्दैन सीमा क्षेत्रमा थप सर्तकता अपनाउ;
प्रदेश सभाषद, रुपन्देही प्रहरी प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक मर्चवारमा

0
296

स्थानीय तहका जनप्रतिनिधिकै सहयोगमा भारतमा गएका नागरिकहरु नेपाल भित्रिन थालेको गुनासो आएपछि प्रदेशसभा सांसद र रुपन्देहीका सुरक्षा निकायका प्रमुखहरु मर्चवार पुगेका छन् ।मर्चवार क्षेत्रबाट त्यस्तो गुनासो आएपछि सांसद तथा प्रहरी प्रमुखहरु फिल्डमा खटेर जनप्रतिनिधिलाई सचेत बनाएका छन् ।

प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेम कुमार थापा र सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलसहितको सुरक्षा निकायको टोली रुपन्देहीको सम्मरीमाई गाउँपालिका–३ स्थित तरैनी नाका र मर्चवारी गाउँपालिका–१ स्थित खैराघाट नाका पुगेर स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीलाई कोरोनाविरुद्ध लड्नका लागि सीमा क्षेत्रको अनुगमन गर्न आग्रह गरेका छन् ।

प्रदेशसभा सांसद पाण्डेयले महामारीको सन्दर्भमा कुनै जात, धर्म, क्षेत्र र पार्टी नभएकोले जनताको सेवामा लागेको नाममा भारतमा रहेका नागरिकहरुलाई नेपाल भित्र्याउने काम नगर्न आग्रह गरे ।

उनले कोरोना भाइरसले कसैलाई नचिन्ने भएकोले सीमा क्षेत्रमा थप सर्तकता अपनाउन गाउँपालिका अध्यक्ष र वडाअध्यक्ष मात्र नभई वडा सदस्यहरु समेत थप जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।मर्चवारको इतिहास लामो छ, कोटहीमाई गाउँपालिका–१ पुर्निहवामा कोरोना भाइरसको संक्रमण पुष्टी भएका व्यक्ति क्वारेन्टाइनमा पुगेर इमान्दारिता देखाएकोले महामारीबाट बचेका छौं, उनले भने ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको एक्लो प्रयासले मात्र महामारीविरुद्ध लड्न नसकिने भएकोले प्रहरीलाई नागरिकको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।आफ्ना नातेदार, इष्टमित्रलाई भित्र्याए त्यसबाट झन् डरलाग्दो परिस्थिति उत्पन्न हुन सक्ने भएकोले जनप्रतिनिधि, नागरिक तथा प्रशासनिक निकाय मिलेर कोरोना भाइरसविरुद्ध लड्नुपर्ने बताए ।

केही साथीहरुले सेना परिचालन गर्नुपर्ने समेत सुझाव दिनुभयो, तर जनप्रतिनिधि र नागरिकको सहयोग बिना महामारी नियन्त्रण हुन सक्दैन, सांसद पाण्डेयले भने । भारतबाट कोही नेपाल फर्केर घरमा बसेको भए क्वारेन्टाइनमा पु¥याउन जनप्रतिनिधिले भुमिका खेल्नुपर्ने उनको भनाइ छ ।भारतमा रहेका नेपाली नागरिकलाई २÷४ दिन उतै बस्न दिएर पहाड खस्दैन, तर महामारी आए पहाड खस्नु भन्दा खतरा हुन्छ, उनले भने ।

कोरोना भाइरसले नातेदार नचिन्ने भएकोले सीमा क्षेत्रमा खटिएका स्वयंसेवकले पनि आफ्नो नातेदार भित्र्याउने काम नगर्न आग्रह गरे । अब कसैलाई पनि नाकाबाट आवातजावत गर्न नदिन नागरिकले नै स्वयंसेवकको भुमिका खेल्नुपर्ने बताए । कोरोनाविरुद्ध लड्न केही समय कठोर बनेर पनि नागरिकलाई महामारीबाट बचाउनुपर्ने उनको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here