विमानस्थलको काम लकडाउनमा पनि जारी (भिडियो सहित )

0
538

विष्णु भट्टराई

राष्ट्रिय गौरवको आयोजना मध्ये भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तराष्टिय विमानस्थलको निर्माण कार्य कोभिड-१९ को विचमा पनि जारी रहेको छ । कोभिड-१९ कारण लकडाउनको अवस्था रहेपनी उपलब्ध केही जनशक्ति र उपकरणबाट कामलाई निरन्तरता दिइएको आयोजना प्रमुख ई. प्रवेश अधिकारीले जानकारी दिए ।
कम जनशक्ति र कतिपय उपकरण नै ल्याउन नपाएपछि विमानस्थल निर्माणको काम प्रभावित बनेको छ । यद्यपी विमानस्थल निर्माणको काम अब अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख इञ्जिनियर प्रवेश अधिकारीका अनुसार विमानस्थलको निमाणर् कार्य ९२ प्रतिशत सम्पन्न भएको छ ।
त्यस्तै रनवे लाईट जडानको काम भइरहेको छ । टर्मिनल भवनमा एयर कण्डिसन तथा अन्य उपकरण जडानको काम समेत अन्तिम चरणमा पुगेको छ ।
विमानस्थलमा ठूला र समय लाग्ने कामहरु भने लगभग सकिएको छ । मुख्य गरि फिनिसिङ्गका काम बाँकी रहेको अधिकारीले बताए ।
बाँकी उपकरण र विशिष्ट दक्ष प्रविधिकहरु आउने क्रममा छन् ।


सरकारले अन्र्तराष्ट्रिय उडान संचालन गरेपछि ति प्राविधीक र उपकरण ल्याएर जडान गर्ने काम हुने आयोजना प्रमुख अधिकारीले बताए ।
सन् २०१५ बाट विमानस्थल निर्माणको काम शुरु भएको हो । निर्माण शुरु भएदेखि नै नाकाबन्दी, भुकम्प जस्ता ठूला समस्या तथा अन्य विविध कारणले विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुन सकेको छैन । अहिले पनि विश्वनै कोरोना भाइरसको माहामारीमा परेपछि त्यसको प्रभाव विमानस्थल निर्माणमा पर्नु स्वभाविक छ । तर, आयोजनाले भने लकडाउनपछि न्युन कामदारबाट निर्माणको कामलाई निरन्तरता दिइरहेको छ ।
यो विमानस्थल निर्माण सम्पन्न हुँदा काण्ठमाडौं पछिको दोस्रो अन्तराष्ट्रिय उडान हुने विमानस्थल बन्ने छ । काण्ठमाडौंमा अन्र्तराष्ट्रिय उडानको चापलाई यसले सहज बनाउने छ । विमानस्थल निर्माणका लागि सरकारले उच्च प्राथमिकतामा राखेको छ ।

https://youtu.be/YRIHVV9nvc4

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here