लकडाउनका बिचमा यो बर्षको तिज मनाइदै (भिडियाे सहित)

0
150

विष्णु भट्टराई
भैरहवा, भदौ ५ ।

आज हरितालिका तिज । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ ।
कोरोना भाइरसको महामारीसँगै भएको लकडाउनका कारण यो बर्ष जमघट नगरी तिज मनाएको देख्न सकिन्छ । महिलाहरुले सामान्य रुपमा मठमन्दिर र घरमै बसेर पुजाआजा गरेका छन ।
अधिकांश शिवालयहरु बन्द अवस्थामा छन । तरपनी भैरहवाका केही शिवालय मन्दिरहरुमा महिलाहरुले मन्दिर गेट बाहिरबाटै पुजाआजा गरेको देखिन्छ ।
यस्तै भैरहवाको बसडिलवा शिवालय मन्दिर बन्द भएपनि दर्शनार्थीले गेटबाहिर बाटै पुजाआजा गरेका छन् । बसडिलवा शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शंकर प्रसाद ज्ञवालीले यो वर्ष कोरोना महामारीका कारण मन्दिर बन्द गरेपनी दर्शनार्थीहरुले मन्दिर बाहिरबाट पुजा गरेको बताए । यो बर्षको तिज घरमै बसेर सुरक्षित तरिकाले मनाउन समेत उनले आग्रह गरे ।
विगतका बर्षहरुमा तिज विशेष कार्यक्रम हुने गरेकोमा यो बर्ष भने कुनै पनि औपचारीक कार्यक्रम हुन सकेका छैनन् । भैरहवाको बसडिलवा शिवालय मन्दिरमा पनि विगतका बर्षहरुमा तिज विशेष कार्यक्रम हुने गरेको भएपनि यो बर्ष अरु साल भन्दा उराठीलो भएको शिवालय मन्दिरका पुजारी विष्णु प्रसाद पौडेलले बताए ।
यस्तै भैरहवाको नारायणस्थान मन्दिर भने सूचना नै टास गरि बन्द गरिएको छ । कोरोना महामारीकोे सतर्कता अपनाउनको लागि मन्दिर बन्द गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
यस्तै श्री गणेश कालिका मन्दिरमा एक एक जना गरी पुजा आजाको लागि भित्र पुजा गर्ने व्यवस्था मिलाएको मन्दिरका पुुजारी शेष नारायण पौडेलले बताए ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा उपासना गरेमा सुख, शान्ति कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहितले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ । आजको दिन महिलाहरुले आफ्ना पिरमर्का भुलेर दिदिबहिनी साथीसंगी सँग एकठाउमा भेला भई गित गाउने चाच्ने परम्परा रहिआएको भएता पनि यो बर्ष विश्वभर महामारीका रुपमा फैलीएको कोरोना भाइरसका कारण घरमै बसेर मनाउने स्थानीय महिलाहरु बताउछन् ।
बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

https://youtu.be/AGjm_EGjza4

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here