“बाफ लिएँ, कागती र बेसारपानी पिएँ”

0
257

तनहुँ- तनहुँको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई गत साउन २८ गते कोरोना सङ्क्रमण भयो । साउन २२ गते भरतपुर अस्पतालमा स्वाब परीक्षण गराउनुभएका पौडेलको कोरोना पोजिटिभ देखिएको थियो ।

त्यसदिनदेखि होम आइसोलेशनमा बस्नुभएका पौडल निको हुनुभएको छ । पोखरामा गरिएको स्वाब परीक्षणमा उहाँको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कोरोनामुक्त भएपछि अध्यक्ष पौडेलले आत्मबलले कोरोनालाई परास्त गर्न सकिने प्रतिक्रिया दिनुभयो ।

“कोरोना सङ्क्रमण भएको दिनदेखि म घरमै छुट्टै सुरक्षित रुपमा बसिरहेको थिएँ, घरमा बस्दा खासै समस्या देखिएन”, पौडेलले भन्नुभयो, “निरन्तर स्वास्थ्यकर्मीको निगरानीमा थिएँ ।”

पौडेलले कोरोना सङ्क्रमण भएपनि औषधि भने प्रयोग नगरेको जानकारी दिनुभयो । “बाफ लिएँ कागती पानी र बेसारपानी पिएँ, नियमित भोजन ग्रहण गरेँ”, उहाँले भन्नुभयो, “एक दिन सामान्य रुघा लागेको थियो तर खास समस्या भएन ।”

कोभिड-१९ को जोखिम दिनप्रतिदिन बढ्दै गएकाले सजग हुनुपर्ने पौडेलको सुझाव छ । “हिँडडुल गर्दा, अरुसँग उठबस गर्दा कोरोना सर्ने भएकाले भौतिक दूरी कायमै गर्नपर्छ”, उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा बाहिर नहिँडेर घरमै बस्दा सुरक्षित हुन्छ ।”

सोही दिन कोरोना सङ्क्रमित हुनुभएका देवघाट गाउँपालिका-५ का ३० वर्षीय पुरुष पनि कोरोनामुक्त भएको देवघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार बुढाथोकीले जानकारी दिनुभयो ।

देवघाटका समुदायका दुई व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिलो चरणमा ३८ र ४३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो । त्यसमध्ये देवघाट–५ का २७ वर्षीय स्थानीयवासीमा बुधबार कोरोना सङ्क्रमण भएको छ ।-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here