पाडाे बेचेको रू ५०० काे नाेठ दुईटुक्रा भयो

0
423

लेखक :- शोभाकान्त नेपाल

हामी स्कुलमा पढ्ने बेला पाैष देखि मँसिरसम्मकाे शैक्षिकसत्र हुनेगर्थ्याे।म२०३३पाैषकाे पहिलोहप्ताबाट ६कक्षामा पढ्न साैभाग्य मा.बि.चिदिपानी जान थालेँ।हाम्रोतिरबाट ६कक्षामा सम्झना सिग्देल,शिव काईराला,गजेन्द्र कुबँर(ज्यामिरेका),माया सर्मालगायत र राम प्र.खनाल,हेम ब.खनाल,हाेमनाथ सिग्देल, इश्वरी खनाल,दामोदर खनाल,केशब खनाल,गाेबिन्द खनाल,राधा सिग्देल लगाएतमाथिल्लो बाटो जानेमा थियौं भने तल्लो बाटोबाट जानेमा लक्ष्मण खनाल,नारायण अधिकारी,राम नेपाल,मुरारी नेपाल,अच्युतराज नेपाल,दुर्गादेबी नेपाल,गाेबिन्द नेपाल,नगेन्द्र नेपाल,स्व.किशोर नेपाल,निर्मला नेपाल,गँगा नेपाल,जमुना नेपाल,सुमन नेपाल,श्रीकृष्ण नेपाल,गाेबिन्दबन्धु पँगेनी,शान्ति नेपाल,जिबनप्रकाश नेपाल,स्व.उमेशप्रकाश नेपाल,शँकर नेपाल लगाएत थियौं। ।म पहिलोदिन चिदिपानी जाने दिन पढाइ तेति भैसकेको थिएन।स्कुल पुगेर नाम लेखाईसकेपछि काकाहरू खगनाथ(शम्भु)नेपाल,स्व.माेहन नेपाल भेट भयो,उहाँहरूपनि ६कक्षामानै पढ्नुहुदाेरहेछ।कार्यशालातिर घुम्न लैजानु भयो,घुम्दै खेल्दै थियौं,स्व.माेहनकाकाले त मेराे खुट्टामा पर्ने गरि सु गरिदिनु भयो,खगनाथ काकाले “के गरेको भतिजालाई”भनेर गाली गर्दिनुभयाे,याे घटना मलाई अाजैजस्तै लाग्छ। हाम्रो गाउँमै पढ्दा र हाईस्कुलमा पढ्न जाँदा “सानो खाेल्साे तर्नु र बढेमानकाे नदि तर्दाकाे” जस्तै अनुभव गरेँ मैले ।हामी चिदिपानी जाँदा नारायण अधिकारी ९कक्षामा पढ्नु हुन्थ्यो।राम नेपाल ७कक्षामा,लक्ष्मण खनाल ८कक्षामा पढ्नुहुन्थ्याे।रामदाइ ७ मै पढ्दै गर्दा सबै परिबार बासँग दिल्ली जानुभयो,घर नारायण अधिकारीकाे घरलाई जिम्मा लगाएर,त्यो खाली घरमा नारायण अधिकारी,राम खनाल,लक्ष्मण खनाल र म भएर साँझ जम्मा भै पढ्ने गर्याै,नारायणजीहरूले यस.यल.सि.दिदासम्म।हामीलाई स्वदेश तथा बिदेशका बारेमा तथा हरेक नयाँ कुराकाे जानकारी गराउने गर्नुहुन्थ्यो नारायण अधिकारीले।हामीलाई २०३६काे जनमतसंग्रह घाेषणाकाे अगाडिदेखि पछाडिसम्म दाजु शिव नेपाल(अामपटा)काे घर बि.बि.सि.सुन्न लैजाने गर्नुहुन्थ्यो।उहाँसँगसँगै हामी चारजनाले नै पहिलोपटक दाजु ध्रुब नेपालबाट अनेरास्ववियु(एकताकोपाँचौं)काे सदस्यता पनि लियाैँ।म स्कुलमा पढ्दै नै उहाँ तानसेन क्याम्पस पढ्न जानुभयो।साथी सरहको तानसेनमा डेरा भएको मेरालागि पहिलो ब्यक्ति उहाँ नै हाे।जि.क.सदस्य भएर बैठकमा जादा साथिहरूले नै ब्यबस्थापन गरिदिने थिए।अाफ्नै कामले जादा उहाँकाे डेरामा नै बस्ने गर्थे म,सुदर्शन रेग्मी दाइसँगै मेहेलधारामा बस्नुहुन्थ्याे।समग्रमा हामीलाई धेरै कुरामा जानकार बनाउन उहाँको याेगदान छ।तेस्तै गाउँमा अाउने मालेका नेतासँग परिचय गराइ काममा लगाउने,युथलिग,पाटि,बिध्यार्थीसँगठनमा सँगठित गराउने भुमिका मामाहरू शालिकराम खनाल, चिरञ्जीवी खनाल,दाजु नयनराज नेपाल र दाजु स्व केशबराज नेपालकाे याेगदान अबिस्मरणिय छ।

दमकडा मा.बि.दमकडा पढ्न जाँदा

अमर नि.मा.बि.बगचाैरमा पढ्न जादा ५मिनेट भित्र स्कुलमा पुगिने थियोे,घरमा जिम्मेवारी पनि धेरै थिएन,इस्टमित्र सँगिसाथी पनि धेरै थिएनन्,जब साैभाग्य मा.बि.चिदिपानी पढ्न गएँ १घण्टा समय स्कुलमा पुग्न लाग्ने भयो,घरमा जिम्मेवारी पनि थपिदै गयाे,सँगिसाथीइस्टमित्र पनि धेरै भए,समयक्रममा अनेरास्ववियुकाे जि.क.सदस्यकाे जिम्मेवारी पनि थपियो,सबै सरहरू,बिध्यार्थीहरू नातपाता चिनजान भित्रकै थिए,यति हुँदाहुँदै पनि अाफ्नै अल्पज्ञान,अल्पबुद्दी,अनावश्यक जाेँस,उग्रताअादिबाट सिर्जित कारणबाट कक्षा १०मा पढ्दापढ्दै शैक्षिकसत्रकाे मध्येभागमा मुस्किलले १घण्टा ४५मिनेटमा घरबाट पुगिने दमकडा मा.बि.दमकडामा अाफ्नै खुशीले पढ्न जाने निर्णय लिएँ(कुनै बाध्यता भने थिएन)।कक्षा १देखिका सहपाठी शिव प्र.काेईरालाले साथ दिए।शैक्षिकसत्रकाे मध्येभागमा पनि २०४०काे बैशाखकाे तेस्रो हप्तामा दमकडा मा.बि.काे प्रशासनले हामीलाई भर्ना गरिदिनु भयो।नयाँ ठाउँ,नयाँपरिबेस,अपरिचित सरहरू/बिध्यार्थीसाथीहरू,चिदिपानी स्कुलमा जाँदा ९बजे घरबाट हिड्दा हुने थियो भने अब दमकडा स्कुलमा जान ८बजेनै नहिडी नहुने भयो।गाउँठाउँका अभिभावक,सँगीसाथी भेटभएमा जवाफ दिँदादिँदै हैरान।स्कुलमा सबैको नजर म प्रति नै हुने गरेको महशुस गर्दथेँ।अझैमेराे बाेली सबै साथीहरूलाई पनि तपाईं भन्ने अनि मेराे ड्रेस जाँगे र खालीखुट्टा ले पनि अाकर्सण थपेको थियो ।अनेरास्ववियुकाे जिम्मेवारी पूरा गर्नु,सम्मेलन,बैठकमा भाग लिनु पहिलो प्राथमिकता थियो।घरकाे सिजनल खेतीपाती लगाएतका काम सक्नु र अाफुलाई चाहिने(नभैनहुने)खर्चपर्च जुटाउनु दाेस्राे र रहेकाे समयमा मात्रै स्कुल जाने।यस्तै चुनाैतीपुर्ण दिनहरू थिए मेरालागि तेतिबेला।साथी शिव काेईरालाकाे तेहीँ फुपूदिदीकाे घर हुनाले अप्ठ्यारो पर्दामा बस्ने गर्दथे।म सँगठानिक काम परेकोमा मात्र बस्ने गर्दथेँ।तेत्राेबर्खाकाे समयमा,तिनाउखाेला उर्लिँदापनि म प्लास्टिकले बाँधेर कपालमा किताबकापी जाेगाएर घरबाटै अाउने/जाने गरेँ।अर्धबार्षिक परिक्षामा बा काे (फुपूदिदीकाे छाेरी)भान्जीबैनीकाे (मेरा बाहनदाइ माधब ज्ञवाली,अमल्याहान)घरमा बसेँ।परिक्षाकै समयमा राजाको हजुरअामा स्वर्गीय भएर ३दिन बिदा भयो।बार्षिक परिक्षामा साह्रै माया गर्नुभई अभिभावक खाेमराज पँगेनीज्युले अाफ्नै घरमै राख्नुभएको थियोे।अन्यदिनघरैबाट अाउने/जाने गरेँ।श्रीधर घिमिरे हेटसर हुनुहुन्थ्यो।प्रेम पँगेनी,दुर्गा अर्याल,बिध्या घिमिरे(मेडम),माधब पाठक,गुरु धर्मराज बस्याल,जिबलाल बस्याल ,बालकृष्ण पाण्डे,हरि खनाल,डुकुलराज घिमिरे,खेमराज ढुँगाना,हरि भुसाल लगाएतका सरहरूले पढाउनु हुन्थ्यो।राधाकृष्ण सर्मासर र साेमप्रसाद पाण्डेसर अध्ययनकाे लागि बिदामा जानुभएको जानकारी पाएकाे थिएँ।मा.बि.प्रस्तावित थियो,बिध्यालय ब्यबस्थापन समितिको अध्यक्ष प्रेमनाथ बस्याल हुनुहुन्थ्यो।

दमकडा मा.बि.मा पढ्दापढ्दै गरिएका सँगठानिक गतिविधि

दमकडा मा.बि.मा पढ्न जान थालेको एकहप्ताभन्दा धेरै भैसकेको थियो।मैले त ठानेको थिएँ दमकडामा अनेरास्ववियुकाे सँगठन चुस्तदुरुस्त हाेला,मदनपाेखरा न हाे,चर्चित कम्युनिस्टको गढ मदनपाेखरा,जिल्लाभरी कम्युनिस्टको प्रचारप्रसार गर्ने तहिँका नेता,तर दमकडा मा.बि.त”घरभरी रानी,कसले भर्छ पानी”भने जस्तै वा”घरभरी धान,पकाउने बेलामा चामल छैन”भने जस्तै रहेछ। जसरी पाल्पा जिल्ला भरी मदनपाेखराकाे नेता तथा कार्यकर्ताले कम्युनिस्टको प्रचारप्रसार गरे तेस्तो साैभाग्य माडीको दुर्गम बगचाैरमा जन्मे/हुर्केको मलाई दमकडा,कुनसरे,गाेर्सतलगाएतका एरियामा तत्कालीन माले/अनेरास्ववियुकाे सँगठन निर्माण गर्ने अबसर प्राप्त भयो,म गाैरवान्बित छु।तेसैक्रममा एकदिन हाफटाईममा स्कुल बाहिर निस्कदै थिएँ एक तेजिलो तर मिजासिलाे केटा मेरो नजिकै अाई “तपाई अनेरास्ववियु काे जि.क.सदस्य शाेभाकान्त नेपाल हाे”भनेर साेध्याे मैले हाे भनी उहाँको पनि परिचय लिएँ।गाेर्सत घर रहेछ उहाँको,तहिँ कक्षा ९ मा पढ्दै हुनुहुदाेरहेछ।उहाँ त झन काे.के.माले देखिन नै सम्पर्कमा हुनुहुदाेरहेछ।उहाँको सम्पर्कमा अाएपछि त दिनदुगुना रात चाैगुनाका दरले सदस्यता बृद्दि भयो।उहाँसँगसँगै पढ्ने गाेबिन्द देबकाेटाकाे घर लैजानु भयो एकदिन हाफटाईममा,गाेबिन्दकाे बा र मेरो त हेराहेर भयो,चिनेजस्ताे लागेर।साेधपुछ गर्दा थाहा भयो ,उहाँ एकदिन हाम्रो बाँसटारे बा स्व.डाँसबराज अाचार्य सँगसँगै पुर्बखाेलातर्फबाट अाउँदा हाम्रो घर बस्नुभएकाे रहेछ,मैले पनि सम्झेँ,उहाँले पनि म बगचाैर डुकुलराज नेपाल काे छाेरा भनेपछि रामरी चिन्नुभयो,मलाई दिलखाेलेरै सहयोग गर्नुभयो,अाफ्ना सबै छाेराछाेरीलाई अनेरास्ववियुकाे सदस्य लिग भनेर भन्दिनुभयाे।एकदिन एक किरानापसलमा पस्दा साहुजी चिनेजस्ताे लाग्यो,साेधपुछगर्दा उहाँ त हामीले रूप्सेकाे गैराबारीमा देखाउन नपाएको अामा नाटकका लेखक राकेश पँगेनी/खाेमराज पँगेनी पाे हुनुहुँदाेरहेछ।किताबमै देखेकाे फाेटाेबाटै चिनेजस्ताे मानेकाे रहेछु।उहाबाट पनि राम्रो सहयोग पाईयाे।मा.बि.काे स्थायी स्वीकृती नपाईसकेकाे हुनाले स्कुलमा बिध्यार्थी राजनीति प्रतिबन्ध जस्तै थियोे तर म दमकडामा पढ्न गएको एक महिना भित्र नै घिमिरे डाँडा भित्र जँगलमा एक भेला गरियो,उक्त भेलाले कमल ढुँगानाकाे सँयाेजकत्वमा प्रारम्भिक भेला अायाेजक समिति गठन गर्याे।उक्त भेला अायाेजक समितिले एकहप्ताभित्रै मियालघारीजँगलकाे बिचमा बृहत भेलाकाे अायाेजना गर्याे,उक्त भेलाले राम प्रसाद पुरीकाेअध्यक्षतामा सचिव कमल ढुँगाना रहेको अनेरास्ववियु प्रा.क.दमकडा मा.बि.गठन गर्याे।पाल्पाको चाैथाे सम्मेलनमा दमकडा मा.बि.बाट राम प्रसाद पुरीले प्रतिनिधित्व गर्नुभयो।चाैथाे सम्मेलनपछि भएको इलाका सम्मेलनमा जि.क.सदस्य गणेश भट्टराई (सारदा मा.बि.)अध्यक्ष र दमकडा मा.बि.बाट कमल ढुँगाना सचिव चयन हुनुभयो।स्कुल जिल्ला स्तरीय सन्जालमा जाेडिईसकेपछि दमकडा मा.बि.मा पढ्ने बिध्यार्थीहरूलाई गाउँ स्तरिय कमिटी बनाई सँगठित गर्ने काम गरियो।कुनसरेमा ताराबहादुर थापाकाे अध्यक्षतामा र चाेपबहादुर सिँजाली(हाल स्वर्गिय)काे अध्यक्षतामा गरि दुईवटा कमिटी भेलाबाट तेसतर्फका सबै बिध्यार्थीहरूलाई सँगठित गरियो।हात्तीगाैँडा र गाेर्सतका सबै बिध्यार्थीकाे भेला गरि यगबहादुर गाहा(थापा)काे अध्यक्षतामा कमिटी बनाई सँगठित गरियाे।कुनसरे,हात्तीगाैडा/गाेर्सतका बिध्यार्थीहरू सँगठित गर्नमा साेमबिर झेँडी(हाल बगनासकाली-१चिर्तुङधाराका वडा अध्यक्ष) र कमल ढुँगाना काे उल्लेखनीय/अनुकरणीय सहयोग रह्यो,उहाँहरू दुबैजनाप्रति अाभारी छु।यसरी छाेँटाे समयमै दमकडा मा.बि.लाई अनेरास्ववियु(पाँचौं)काे गढ बनाउन सफलता हासिल गरेकोमा गाैरवान्बित छु र जिबनकाे अन्तिमघढीसम्म गाैरवान्वित रहने छु,साथै सहयोगी भुमिका निभाउनुहुने मित्र गाेबिन्द देबकाेटाकाे बा,मलाई अभिभावकिय भुमिका निभाईदिनुहुने खाेमराज पँगेनीसर,प्रस्तावित स्कुलमा राजनीति गतिविधि हुन नदिने अान्तरिक समझदारी हुँदाहुँदै थाहै नपाए जस्तो गरीसहयाेग गर्नुहुने स्कुलप्रशासन र सम्पूर्ण सरहरू,सँगठित हुने दमकडा मा.बि.मा पढ्नु हुने सम्पुर्ण बिध्यार्थीसाथीप्रति अाभार ब्यक्त गर्दछु।

पुरानाे तस्बिर मित्र कमल ढुँगाना र म(२०४२)

अनेरास्ववियु(पाँचौं)पाल्पाजिल्लाकमिटीकाेअन्तिम बैठक

अनेरास्ववियु(पाँचौं)साताै राष्ट्रिय सम्मेलन अायाेजक कमिटीकाे सँस्थापन र नेकपा मालेकाे नेतृत्व पाल्पाको अध्यक्ष मिनबहादुर ह्याेजु साताै राष्ट्रिय सम्मेलन अायाेजक कमिटीकाे सदस्यमा चयन भएकोले उहाँलाई जिल्ला कमिटीको बैठकमा अध्यक्षता गर्न र सा.रा.स.अा.क.सदस्य घनस्याम भुसाललाई बैठकमा प्रमुख अातिथी बन्न नदिने निति लिएछ क्यारे,उपाध्यक्ष राधाकृष्णजीकै अध्यक्षतामा बैठक बसाल्ने र उहाँलाईनै अध्यक्षमा पदाेन्नाेती गर्ने कुरा गाँइगुई सुनिन थालियो।पाल्पाका अधिकाम्स बिध्यार्थीहरू नेबिसँघका नेता चन्द्र भण्डारीसँग हरेक हिसाबले प्रतिस्पर्धा गर्न सक्ने जिल्ला कमिटीका पुर्ब सचिव केशब नेपाललाई जिल्ला कमिटीको अध्यक्षमा चयन गरिनुपर्ने पक्षमा थिए।राधाकृष्ण कणेल अध्यक्ष बनाईएमा पाल्पामा अनेरास्ववियु(पाँचौं)साह्रै कमजोर बन्ने अाम बिध्यार्थीकाे राय थियोे।अघिल्लो बैठक पछि पाल्पामा “पाटीस्वतन्त्रता”र”राजनैतिक स्वतन्त्रता”पक्षमा सस्थापनबाटै तिब्र धु्रवीकरण पारिएको थियोे।साताै राष्ट्रिय सम्मेलनकाे तयारीमा तिब्रता दिनुपर्नेमा “पाटी स्वतन्त्रता”पक्षधरलाई दबाउनमानै तिब्रता दिईएकाे थियोे।हामीलाई साताै राष्ट्रिय सम्मेलनकाे लागि चन्दा उठाउन मात्रै प्रयाेग गरिएको थियो।यसैक्रममा उपाध्यक्ष राधाकृष्ण कणेलले जिल्ला कमिटीको बैठक बाेलाउनु भयो।पन्ध्र सदस्यीय जिल्ला कमिटीमा तत्कालीन अबस्थामा अध्यक्ष र एक सदस्य रिक्त भई तेह्रजना पदाधिकारी तथा सदस्य सबै उपस्थित थियौं।बैठक मेहलधारामा कुनै साथीकाे ठुलै काेठामा अायाेजना गरिएको थियोे।बैठक उपाध्यक्ष राधाकृष्ण कणेलकाे अध्यक्षतामा सुरू भयो,बैठकको प्रमुख अतिथि साताै राष्ट्रिय सम्मेलन अायाेजक कमिटीका सदस्य खगराज अधिकारी हुनुहुन्थ्यो,मिनबहादुर ह्याेजु पनि अतिथि हुनुहुन्थ्यो।मैले भागलिएका जिल्ला कमिटीका बैठकमा तानसेनमा भएकोमा सधैं उपस्थित हुनुहुने घनस्याम भुसाल तानसेनमा नै भएपनि पहिलोपटक अनुपस्थित हुनुहुन्थ्यो।बैठकमा प्रस्ताव रिक्त रहेको अध्यक्ष र सदस्य चयन अनि साताै रास्टिय सम्मेलनमा जाने प्रतिनिधि र पर्यब्यक्षककाे छनाेट अादि थिए।बैठकमा पहिलो प्रस्तावकाे रूपमा पुर्ब सचिव केशब नेपाल र उपाध्यक्ष राधाकृष्ण कणेल काे नाम जिल्ला कमिटीको अध्यक्षकाे लागि प्रस्तावित भए।तेहैजना पदाधिकारी र सदस्यलाई हात उठाउन लगाउनुभयाे प्रमुख अतिथि खगराज अधिकारीले।केशब नेपाललाई अध्यक्ष चयन गरिनुपर्ने पक्षमा म लगाएत दशजनाले हात उठायाैँ भने राधाकृष्ण कणेललाई अध्यक्ष चयन गरिनुपर्ने पक्षमा स्वयं राधाकृष्णजीसमेत तिनजनाले हात उठाउनु भयो।प्रमुख अतिथि खगराज अधिकारीले “हाम्रो अनेरास्ववियु(पाँचौं)मा कहिले जनबाद लागू हुन्छ,कहिले केन्द्रीयता लागू हुन्छ,अहिले अप्ठ्यारो अबस्था भएकोले केन्द्रीयता लागुहुन्छ,राधाकृष्ण कणेललाई अध्यक्षमा चयन गरियो,तपाईंहरू सबैले यो केन्द्रीयतालाई समर्थन गरिदिन म अनुरोध गर्दछु”भन्नुभयो।उहाँले राधाकृष्ण कणेल अध्यक्षमा चयन हुनुभएको घाेषणाँ गर्नुभएपछि मनपरितन्त्रकाे बिराेध गर्दै म लगाएत तिनजनाले उक्त बैठक बहिष्कार गरेको घाेषणा गरि बैठककक्षबाट बाहिरियाैँ।याे बैठक नै मेरो लागि अन्तिम हुनगयाे।

अनेरास्ववियु(पाँचौं)पाल्पाको छैँटाै जिल्ला सम्मेलन

अनेरास्ववियु(पाँचौं)जिल्ला कमिटी पाल्पाको अध्यक्ष भैसकेपछि राधाकृष्ण कणेलजीकाे पहिलो काम २०४०चैतमा सम्पन्न साताै राष्टियसम्मेलनमा पाल्पाको प्रतिनिधि र पर्यबेक्षक सहित भाग लिन जानुभयो।साताै राष्ट्रिय सम्मेलनले रामप्रसाद ज्ञवालीकाे अध्यक्षतामा उपाध्यक्ष खगराज अधिकारी,महासचिव भिम अाचार्य लगाएतकाे केन्द्रीय कमिटी चयन गर्याे।लुम्बिनी अँचलबाट घनस्याम भुसाल,बालकृष्ण चापागाईं केन्द्रीय सदस्यमा चयन हुनुभयो भने ईन्चार्ज बालकृष्णजी हुनुभयो।साताै राष्ट्रिय सम्मेलन सम्पन्न गरेर अाईसकेपछि जिल्ला कमिटी छैटौं जिल्ला सम्मेलन तयारीमा केन्द्रित भयो।दमकडा मा.बि.र साैभाग्य मा.बि.चिदिपानी तथा उक्त दुवै इलाका कमिटीबाट प्रतिनिधि र पर्यबेक्षक छनाैट गरि उहाँहरू समेत २०४१जेठ ४गते सम्पन्न हुने छैटौं जिल्ला सम्मेलनमा उपस्थित हुन मलाई जानकारी अायाे र हाम्रो टिमलाई बाटो देखाउन हाम्रै भान्जादाइ तिर्थ ढुङ्गाना खटिएको पनि जानकारी भयो।मैले अाफ्नाे जिम्मेवारीकाे काम समयमै सम्पन्न गरेँ।दमकडा इलाका र मा.बि.बाट क्रमशः कमल ढुङ्गाना,चाेपबहादुर सिँजाली(हाल स्वर्गीय) चयन हुनुभयो भने साैभाग्य मा.बि.इलाका र मा.बि.बाट क्रमशः शिव काफ्ले,दिपक नेपाल र श्रीकृष्ण नेपाल चयन हुनुभयो।उहाँहरूलाई ४गते बिहानै हिड्ने समय र जुट्ने स्थानकाे जानकारी गराएँ।हाम्रो पथप्रदर्सक तिर्थ दाइ ३गते नै हामीलाई लिएर जान अाईसक्नुभएकाे थियो।४गते जेठ हामी ७ जनाकाे टिम बिहानै बाटो लाग्यौं।सरस्वती नि.मा.बि.कठैडाँडा,गल्धामा सम्मेलन हुने कार्यक्रम रहेछ,अगाडिदेखि सार्वजनिक गर्दा पन्चायत सरकारले बिथोल्ने डरले सार्वजनिक गरिएको थिएन।हामी साँझ अबेरसम्ममा पुग्यौं।खाना र अन्य ब्यबस्थापनकाे लागि पाका कम्युनिस्ट नेता घनस्याम ज्ञवाली(हाल सहादत)काे नेतृत्वमा स्थानीयबासिन्दाकाे खटाई अनुकरणीय थियोे।उपस्थित हुनुपर्ने सबै उपस्थित भैसकेपछि खाना खाई रातिदेखि बन्द-सत्र शुरू भयो।पाटि स्वतन्त्रता पक्षधर घनस्याम भुसाल,मिनबहादुर ह्याेजु,बालकृष्ण बस्याल,केशब नेपाल,भिमलाल पाैडेल,रिषिराम सापकोटा लगाएत चर्चित बिध्यार्थौ नेताहरूको उपस्थिती थिएन।सम्मेलनकाे प्रमुख अतिथि केन्द्रीय कमिटीका उपाध्यक्ष खगराज अधिकारी हुनुहुन्थ्यो।सम्मेलनस्थल सरस्वती नि.मा.बि.कठैडाँडा नजिकैकाे घरमा नेकपा मालेका भुमिगत नेता क. मनाेजचाचा(हालस्वर्गीय सिद्दिनाथ ज्ञवाली),क.पबन(बिष्णु पाैडेल)र क.प्रभात(बिष्णु प्रभात)डेरा जमाएर बस्नुभएकाे थियोे।उपस्थित सबैकाे परिचय,रिपोर्टिङ,राजनैतिक,अार्थिक प्रतिबेदन प्रस्तुत,छलफल र पारित गरि नेतृत्वको चयन सुरु हुँदा उज्यालो भैसकेको थियोे।विभिन्न इलाका र मा.बि.बाट प्रतिनिधित्व गर्ने जिल्ला कमिटी सदस्य चयन भैसकेको थियोे।मेरो बारेमा हलले”शाेभाकान्त नेपाल ” सदस्यमा रहनैपर्छ भन्छ,प्रमुख अतिथि खगराजजीले “तपाईंको इच्छा छ कि छैन..?भनी साेध्नुहुन्छ,मैले”इच्छा छ”भन्छु।मैले इच्छा छ भनेपछि मलाई कमरेडहरू बसेकाे काेठामा बाेलावट हुन्छ,अनि उहाँहरूले “कमरेड तपाईंलाई अनेत्रै ब्यबस्थापन गरिन्छ,जिल्ला कमिटी सदस्य बन्ने इच्छा छैन,भनिदिनुस”भन्नुहुन्थ्यो। याे क्रम ५/६पटक नै दाेहाेरीयाे।(हुनत मलाई घनस्याम भुसाल,मिनबहादुर ह्याेजुलगाएत पाटिस्वतत्रता पक्षधरकाे पक्षमा नलाग्ने भएमा पदाधिकारी बनाईदिने लाेभ पनि नदेखाईएकाे हाेइन)धेरै पटक तेस्तो भएपछि मैले ” याे सम्मेलन हामी बहिस्कार गर्दछौं “भनी छाेँटाे मन्तब्य राखी सबैलाई अनुरोध गरि हलबाट निस्किएँ।म हलबाहिर निस्किसकेपछि २३/२४ जना साथिहरूपनि मसँगै निस्कनु भयो,जसमा जिल्ला कमिटी सदस्य चयन भैसक्नुभएका माेहन के.सि.,शिव काफ्ले,कमल ढुङ्गाना,चाेपबहादुर सिँजालीलगाएत हुनुहुन्थ्यो।सबै साथिहरूलाई बाटोमा भेलीचिउरा किनेर खाँदै,ख्वाउँदै घर घरमा पुग्यौं। याे कार्यक्रम नै म अाफै सदस्य भएरै सहभागी रहेको अनेरास्ववियु(पाँचौं)काे अन्तिम कार्यक्रम हुन गयो।

पाडाे बेचेको रू.५००।काे नाेठ दुईटुक्रा

अनेरास्ववियुकाे पाल्पा जिल्ला कमिटीबाट “पाटि स्वतन्त्रता”पक्षधर भनि डामिएर जिम्मेवारीबाट मुक्त भएपछि म २०४१जेठ ८गतेबाट घरमै बसि काममा केन्द्रित भै बा,अामालाई खुशी बनाउने अभियानमा लागेँ।खेतमा ब्याड राखियो।सबै बाँझो जाेतेर सकियो।बारिमा मकै खन्ने काम भैरहेको थियो।घरमा दूध खान छाेडेकाे बकेर्नाे पाडाे(जग्खड)थियो।बाले रू.५००।भनी रू.४५०।भन्दा धेरै पार्ने भन्नू भएकाे थियो।बा हुँदा तेतिपनि दिएका थिएनन् ग्राहकले।जेठ २१गतेकाे कुरा हाे,बा,दाइ घरमा हुनुहुन्नथियोे।म,बैनि र अामा भएर बारिमा मकै खनेका थियौँ।तिलाहार भाग्यमानी बिरबहादुरदाइकाेटाेली पाडाे किन्न अाए।अलिबेर त बा हुनुहुन्न भनेर टारेँ,तर उहाँहरू जसरी पनि किन्ने र तेसैदिन खाने योजना बनाउनु भएको रहेछ।म अामासँग धेरै भन्ने,दिए बेच्ने,नदिए ठिकै भयो भन्ने सल्लाह गरेँ।मैले रू.६००।भने,उहाँहरूलेरू.५६५।दिने हुनुभयो,अामासँग सल्लाह गरि पैसा बुझेँ,रू.५००।५०।१०।५।का१।१गाेटा नाेठ थियो।पैसा बुझेर लामाे गरि पटाएँ।रू.५००।काे नाेठ पिनले गाेबेर प्वाल परेको रहेछक्यारे,यसाे मसारेकाे त पाँचसयकाे नाेठकाे ठुलोभाग र अन्य नाेठ एउटा हातमा र पाँचसयनाेठकाे सानाेभाग अर्को हातमा भयो।म त छाँगाबाट खसेको जस्तै भएँँ। उहाँहरूले छिटोभन्दाछिटो पाडाे फुकाएर लगिहाल्नुभयाे।म अरू नाेठ अामालाई छाेडी पाँचसयका दुईटुक्रा लिएर दगुरेर स्कुलमा गएँ।स्कुलमा सरहरूले टेपले टाँसेर एउटै बनाईदिनुभयाे।ठुलो नाेठ यता नसाटिने हुँदा तानसेन जान सल्लाह दिनुभयो।म दगुरेर तानसेन गयँ।तानसेन सरासर क्याम्पसमा नारायण अधिकारीदाइलाई खाेज्न गयँ।क्लासमा हुनुहुँदाेरहेछ,बाेलाउन पठाएँ।नारायणदाइले नेपाल बैंक,राष्ट्रिय बाँणिज्य बैंक, चिनेजतिठाउँ(दाेकान)मा लैजानुभयो।कसैले पनि साट्न मानेनन्।एकठाँउमा साटेका थिए,हामी पनि खुशी हुँदै अलिपर पुगेका थियौं,दगुरेर फिर्ता लिन अाए।सबैले राष्ट्र बैंकले मात्र यस्तो नाेठ साट्ने सल्लाह दिए।नारायणदाइ पनि हैरान हुनुभयो र राष्ट्रबैंक भैरहवा जाउ भनेर बसपार्कमा अाई बस चढाई फर्किनु भयो।मसँग अरू पैसा थिएन क्यारे।बसमा कन्डक्टरलाई तेहि नाेठ दिएँ।कन्डक्टरले बुटवलमा धेरै नै दाैडधुप गरेर साटेर ल्यायो।कन्सेसनगरेर रू.५।५० काटेर अरू पैसा दियो।घर अाउन रात परेकाले बस चढेर मणिग्राम झरि कान्छाे बा कहाँ बस्न गएँ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here