देवदहमा मृत्यु भएकामा कोरोना संक्रमण पुष्टि

0
165

बुटवल भदौ ४ । भदौ ४ । रुपन्देहीको देवदहका एक मृतकमा कोरोना पुष्टि भएको छ । देवदह नगरपालिका–९, भलुहीमा रहेको देवदह मेडिकल कलेजमा उपचार गराई रहेको एक बिरामीको बुधवार मृत्यु भएको थियो ।

देवदह नगरपालिका–३, शिसपुर निवासी ७० बर्षीयको पुरुषको उपचारका क्रममा मृत्यु भएपछि परिक्षण गराउदा कोरोना पोजेटिभ देखिएको देवदह नगर स्वास्थ्य शाखाले जनाएको छ ।उनको बुटवल स्थीत लुम्विनी प्रादेशिक अस्पतालमा परिक्षण गरिएको थियो लामो देखि देखि पक्षघाट, सुगर, प्रेसरको विरामी रहेका उनको बुधवार मृत्यु भएको देवदह नगरपालिका–३, का वडाअध्यक्ष बैकुण्ठबहादुर कुवरले जानकारी दिए ।

केही दिन अगाडि भैरहवा मेडिकल कलेजमा उपचारको लागि लगिएको र अस्पतालले घरमा फिर्ता पठाएको पुनः देवदह मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको उहाले जानकारी दिए ।
कोरोना पोजेटिभ भेटिएका पुरुषको नेपाली सेनाले दाह संस्कारको तयारी गरिरहेको देवदह नगर स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेले बताए ।
देवदह नगरपालिकामा कोरोना पोजेटिभका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । कोरोना पोजेटिभका कारण पुरुषको मृत्यु भएपछि देवदह–३, शिसपुरलाई शिल गरिएको छ ।

शिसपुरका स्थानीयवासीलाई घरबाट वाहिर निस्कन र वाहिरबाट शिसपुर जान रोक लगाईएको वडाअध्यक्ष कुवरले बताए ।
पछिल्लो समयमा समुदायमा नै कोरोनाका विरामी बढिरहेको छ । कोरोना भाईरस संक्रमण रोकथामको लागि देवदह नगरपालिकाले नगर भित्र लकडाउन गरेपनि कार्यान्वयन भने हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here