बुटवल । बुधबार अपरान्ह सम्ममा रुपन्देहीमा ३६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बिहान ९ बजे देखि यता रुपन्देहीमा ३६ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्शन केदार शाहका अनुसार पछिल्लो ७ घण्टामा बुटवल उपमहानगरपालिकामा १९ जना नयाँ संक्रमित थपिएकाछन् । बुटवलको पछिल्लो २४ घण्टामाथपिएको संख्या ३२ हो । त्यसैगरि सिद्धार्थ नगर नगरपालिकामा ६ जना, देवदह नगरपालिकामा २ जना, तिलोत्तमा नगरपालिकामा १ जना, सैनामैना नगरपासलकामा १ जना तथा सुद्धोदन गाँउपालिकामा ४ जना र सियारी गाँउपालिकामा ३ जना नयाँ संक्रमित थपिएका छन् ।
रुपन्देहीमा भने ५७९ संक्रमित पुष्टि भएको छ भने २४१ जना निको भएर घर फर्केका छन् । रुपन्देहीमा १ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।