सोमबार अपरान्हसम्म रुपन्देहीमा थपिए १५ नयाँ संक्रमित, भैरहवाका १ जना

0
535

भैरहवा,सोमबार अपरान्ह सम्ममा रुपन्देहीमा १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । अपरान्ह ४ बजेसम्म स्वास्थ्य कार्यालय रुपन्देहीलाई प्राप्त रिपोर्ट अनुसार १५ जना नयाँ संक्रमित थपिएका हुन् ।

थपिएका संक्रमितहरुमा तिलोत्तमा नगर पालिकामा ७ जना, बुटवल उपमहानगरपालिकामा ५ जना, सुद्धोदन गाँउपालिकामा १ जना र सिद्धार्थनगर नगरपालिकामा १ जना छन् ।

बुटवलस्थित नेशनल प्याथ ल्याव र लुम्बिनी प्रदेशिक अस्पतालको प्रयोगशालाबाट प्राप्त रिपोर्टका आधारमा १५ जना थपिएको तथ्याङ्क आएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्शन केदारनाथ साहले जनाए ।

प्रदेश प्रयोगशालाको रिपोर्टमा अझै थप हुन सक्ने सम्भावना रहेको साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here