भैरहवा मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना

0
622

भैरहवा-रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजका २ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

उनीहरु दुवैजना पुरुष हुन्। एकजना कलेजकै प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मी हुन् भने अर्का प्रसुति विशेषज्ञ हुन्। नवलपरासीबाट उपचार गराउन आएका बिरामीको उपचारका क्रममा शंका लागेर पीसीआर परीक्षण गराउँदा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा चिकित्सकमा संक्रमण देखिएको कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले लुम्बिनी टाइम्सलाई जानकारी दिए।

एकजनाको आइतबार पोजेटिभ देखिएको हो भने अर्का एकजनाको सोमबार संक्रमण पुष्टि भएको हो। प्रसुति विशेषज्ञको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भएको परीक्षणमा पोजेटिभ देखिएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले लुम्बिनी टाइम्सलाई जानकारी दिए। 

ती दुवैजना चिकित्सकको सम्पर्कमा आएका कलेजका २० जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको छ। सरसफाइ कर्मचारीदेखि प्रशासन, नर्सिङ र चिकित्सकहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको गुरुङले बताए।

यसअघि शनिबार कलेजका १८ जनाको पीसीआर परीक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आएको गुरुङले बताए। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here