रुपन्देहीमा “क्विक रेस्पोन्स टिम”

0
400

भैरहवा । रुपन्देहीमा पनि कोभिड-१९ को संक्रमण बढ्न थाले पछि जिल्ला स्तरिय कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठक बसेको छ । बैठकले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा “क्विक रेस्पोन्स टिम” र पालिकाको प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा “ईमिडिएट रेस्पोन्स टिम” गठन गर्ने निर्णय गरेको छ ।

आईतबार बसेको डिसिसिएमसीको बैठकले पालिकाहरुमा अति आवश्यक पर्ने सामाग्री खरिद गर्न सक्नेसमेत निर्णय गरेको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खडकाले जानकारी दिए । उनले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा स्थानीय पालिका प्रमुखहरु, स्वास्थ्य संयोजक, सुरक्षा प्रमुख, पत्रकार महासंघ लगायत सदस्य रहने गरि “क्विक रेस्पोन्स टिम” गठन गरिएको जानकारी दिए ।

कोभिड महामारीमा जिल्ला स्तरीय रुपमा यसले काम गर्नेछ । यस्तै पालिका स्तरीय रुपमा “ईमिडिएट रेस्पोन्स टिम” ले काम गर्नेछ । यसमा सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा स्थानिय प्रहरी, स्वास्थ्यकर्मि लगायतको टिम सदस्यको रुपमा रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here