भैरहवाको आयल निगमकाे पेट्रोल पम्प पनि शिल

0
1229

भैरहवा–नेपाल आयल निगमका थप १० जनामा कोरोना संक्रमण देखिएको छ। आइतबार आएको स्वाब परिक्षण रिपोर्ट अनुसार नेपाल आयल निगम भलवारी डिपोका ३ जना, भैरहवा पेट्रोल पम्पका ३ जना र विमानस्थल स्थित हवाई ईन्धन डिपोका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको नेपाल आयल निगम भलवारी डिपोका सूचना अधिकारी रमेश ज्ञवालीले लुम्बिनी टाइम्सलाई जानकारी दिए।

भलवारी डिपोका ४० जना, भैरहवा पम्पका २२ जना र विमानस्थल डिपोका १६ जनाको स्वाब संकलन गरी परिक्षणका लागि पठाएकोमा आज बिहान आएको रिर्पोटमा १० जनामा संक्रमण देखिएको छ।

‘गौतमबुद्ध विमानस्थल भैरहवास्थित डिपो शुक्रबारबाट नै शिल गरेका छौ, भलवारी डिपोमा आज काम भएको छैन के कसरी जाने विषयमा छलफल भइरहेको छ’–सूचना अधिकारी ज्ञवालीले भने।

भैरहवास्थित नेपाल आयल निगमको पम्पमा कार्यरत कर्मचारीमा संक्रमण देखिएसँगै आइतबार बिहान ८ बजेबाट सेवा बन्द गरी शिल गरिएको भैरहवा पेट्रोल पम्पका कार्यालय प्रमुख गोविन्द चौधरीले जानकारी दिए।

‘पेट्रोल पम्पका एक कर्मचारी र २ जना कार्यालयका कर्मचारीमा कोभिड–१९ संक्रमण भएको रिर्पोट आउनासाथ पम्प तत्काल बन्द गरेका छौ, पम्पलाई सेनिटाइज गरी डिस्इन्फेक्टेड बनाएपछि कहिले खोल्ने अझै निर्णय गरेका छैनौ’–प्रमुख चौधरीले भने।

भैरहवास्थित हवाई इन्धन डिपोमा कार्यरत केही कर्मचारीमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि बिहीबार ४ जनाको स्वाब परिक्षण गर्दा संक्रमण भएको पत्ता लागेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here