बुटवलको ग्लोबल आइएमइ बैंकका कर्मचारीमा कोरोना संक्रमण

0
414

बुटवल-बुटवलमा रहेको ग्लोबल आइएमइ बैंककी एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार आएको पीसीआर रिपोर्टअनुसार बुटवलमा २१ जनामा संक्रमण देखिएकोमा १ जना उनीपनि रहेको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले जानकारी दिए।

उनी बुटवल मिलनचोकमा रहेको ग्लोबल आइएमइ बैंकको ग्राहक शाखामा कार्यरत थिइन्। बुटवलमा आज थप भएकामध्ये बुटवल वडा नं १, २ र ३ का १-१ जना, ८ का २ जना, ११ का ६ जना र १३ का १० रहेको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा सिंहले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here