बालिका यौन दुर्व्यवहार आरोपमा बुटवलका होटल व्यवसायी पक्राउ

0
139

२०७७ श्रावण ३१ , बुटवल । बालिकालाई यौन दुर्व्यवहारको अभियोगमा बुटवलका एक होटल व्यवसायी पक्राउ परेका छन् । बुटवल–१३ जीतगढी स्थित होटल पोखराका सञ्चालक ५२ वर्षिय डम्मबरबहादुर पोखरेललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पोखरेलले आफ्नै घरमा छिमेकी १३ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका हुन् । बालिकालाई यौन दुर्व्यवहार गरेको उजुरीपरेपछि होटल सञ्चालकलाई शनिबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here