गुनीलो रसीलो पाचन बढाउने रुघा खोकिको समेत औषधि पुदिना वा पतना

0
107

पुदिना यो समयमा जताततै फेलिएको पाइञ्छ र एक पटक सारेपछि सामान्यतया वर्षौंसम्म रहञ्छ। सुगन्धित यो वनस्पति विशेष गरी रुघा खोकी, दम जस्ता सासका समस्यामा र वातका रोगमा (जिउ दुख्ने, नसाका रोग आदिमा) बढी उपयुक्त छ। पित्त बढेकोमा भने कमै सेवन गर्नु उपयुक्त हुञ्छ।


भोक कम हुँदा,अपच भएर पेट दुख्दा वा एत्तिकै पनि आफ्नै बारिको पुदिनामा कागति, नून र थोरै टिम्मुर, धनियाँका का पात वा काँडे धनिया मिसाएर पिनेको ताजा रसिलो अचार खाँदा मुख रसीलो र पाचन दरीलो पार्छ। रोचनी भन्ने एउटा संस्कृत नाम रहनुको कारण एस्को भोक बढाउने गुण नै हो।


सङ्क्रमणको विरुद्ध शक्ति पनि दिने सजिलैै फैैलिने पुदिनाको सदुपयोग गर्दै ताजा पोसिलो रसिलो गुनिलो चोखो मुखै रसाउने आँतै पगाल्ने स्वास्थ्यकर अचार खाने रहर पुरा गरौं। बहुमुल्य वनस्पति खेरा नफालौं। काढा पकाएर खान पनि यो लाभदायक छ रुघा खोकि र दमका लागि।
हरिया पात नपाइने बेलाको लागि पात टिपेर सकेसम्म छायामा पुरै सुक्ने गरी सुकाएर चूर्ण बनाएर राख्न पनि सकिञ्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here