परीक्षा थाती राख्दै अघिल्लो कक्षा संचालनको तयारीमा सीटीईभीटी

0
188

कोभिड १९ संक्रमण जोखिमका कारण स्थगित परीक्षालाई थाती राखेर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटीले प्रशिक्षार्थीलाई अघिल्लो कक्षामा सहभागी गराउने तयारी गरेको छ ।

सीटीईभीटीका परीक्षा नियन्त्रक दिपक पौडेलले संक्रमणको जोखिम बढ्दै गएका कारण विद्यार्थीलाई वैकल्पिक माध्यमबाट प्रशिक्षण दिने तयारी गरिरहेको बताउनुभएको हो । जसका लागि भर्चुअल माध्यमको विकल्प प्रयोग गरिने परीक्षा नियन्त्रक पौडेलको भनाई छ ।

स्थगित भएका सेमेष्टर तथा बार्षिक परीक्षा भने संक्रणम जोखिम कम भएपछि लिइनेबारे छलफल अघि बढाइएको पौडेलले बताउनुभयो । तेस्रो वर्ष तथा अन्तिम सेमेष्टरको परीक्षाको तयारीमा रहेका प्रशिक्षार्थीको हकमा भने अवस्था सामान्य नभएसम्म कुर्नुको विकल्प नभएको परीक्षा नियन्त्रक पौडेलको भनाई छ । 

 यसअघि गत १३ गते प्रकाशित गरिएको सुचनामा आगामी भदौ दोस्रो साता देखी परीक्षा लिइने जनाइएको थियो । हालको अवस्था सामान्य तर्फ उन्मुख भएको ३ साता पछि स्थगित परीक्षा सुचारु गरिने सीटीईभीटीले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here